सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले चीन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?