१३ मङ्सिर २०८०, बुधबार

बिदेश छोडेर नेपालमा कालिज ब्यवसाय, एउटाको मुल्य ३ हजार (भिडियो सहित)

२०७४,कार्तिक,९,बिहीवार ०४:५७

0
Shares

पोखरा, ९ कार्तिक – तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताएपोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आएका छन्आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उनको भनाइ छविसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उनले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पालेका छन्। भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ । अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आएका थिए। तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पालेका हुन्। यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०६० वटा भाले कालिज प्रतिवटा रु तीन हजारका दरले बिक्री गरेको उनले बताए। प्रस्तुत छ यसका संचालक संग कालिज बारे व्यवसाय बारे गरिएको भिडियो कुराकानी https://youtu.be/8qiXN2vtAD4

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली

के तपाईं घर बनाउँदै हुनुहुन्छ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ। शिवम् सिमेन्टले

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद

काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८