भोलीका लागि बोलाइएको राष्ट्रिय सभा बैठक भदौ ५ बस्ने

लोकपथ
91
Shares

काठमाडौं । भोलीका लागि बोलाइएको राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक सत्तापक्ष र प्रतिपक्षबीच सदन खुलाउने सहमति नभएकाले स्थगित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।

सूचनामा तोकिएको मितिमा बैठक नराख्न सत्तापक्ष र प्रतिपक्ष दुबै दलले आग्रह गरेकाले बैठक सारिएको उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?