काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफ्नो बचाउ गरेका छन् ।
उपाध्यक्ष महराले मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गर्दै विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका हुन् ।
भेपमा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उनका छोरा राहुलसँग पटक पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिएको थियो ।
यो भिडियो हेर्नुहोस् :
https://www.facebook.com/lokpath9/videos/1377353659788216
महराले वाङसँग १०र१२ वर्षदेखि चिनजान रहेको बताएका छन् ।
उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूलको बारेमा कुराकानी गरे सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्यो’, महराले भनेका छन्।
, ‘मैले के भनेँ भने केही इलिगल सामान होला भनेँ । इलिगल होइन, लिगल हो भने के प्रोब्लम हो, त्यसकारण मैले भन्सारका साथीहरुसँग कुरा गरेर लिगल सामान हो भने समस्या के पर्यो, कानुन अनुसार काम गर्नुहोला अथवा के गर्नुपर्छ रोक्नुपरे रोक्नु, छोड्नुपरे छोड्नु, लिलाम गर्नुपरे लिलाम गर्नु, जे गर्नुपर्ने कानुन अनुसार गर्नु, यत्ति हो भएको ।’ उनले भने ।
आफूले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने उनले बताएका छन् । ‘मैले त भनेको छु, मेरो वक्तव्यमा पनि, कुनै पनि छानबिनको निमित्त तयार छु भनेकै छु । मलाई बोलाउन म त अनुसन्धानका लागि के गर्न पर्छ तयार छु, खै त बोलाउदैन । अनुसन्धानका निमित्त म भाग्ने कुरै छैन’ महराले भने ।
यो पनि पढ्नुहोस् : महरा बाबुछोरा जोगाउन प्रहरीको प्रयास, तस्करसँग जोडिएका राहुलको बयानसम्म लिइएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया