दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यका लागि भएका प्रयासबारे सुशासन समितिमा छलफल

लोकपथ
28
Shares

काठमाडौं । दिगो विकास तथा सुशासन समितिमा दलित समुदायमाथिको विभेद र उत्पीडनको अन्त्य गर्न भएका प्रयासका बारेमा छलफल भएको छ ।

समितिमा दलित समुदायको सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता , समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका बिषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्तावमा उल्लेखित बिषयहरुको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल सम्पन्न भएको छ ।

मंगलवार समितिको सभाकक्ष सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उक्त विषयमा छलफल भएको हो ।

समितिका सभापति प्रकाश पन्थले बैठकको निष्कर्ष सुनाउँदै उक्त छलफलको विषयमा राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यन्यनका लागि समितिको तर्फबाट तयार पारिएको कार्ययोजना आवश्यक सुझाव र परिमार्जनसहित सम्बन्धित नेपाल सरकार र मन्त्रालय निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘बैठकको निष्कर्ष र निर्देशन दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता , समृदि र सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यन्यनका लागि समितिको तर्फबाट तयार पारिएको कार्ययोजना आवश्यक सुझाव र परिमार्जनसहित सम्बन्धित नेपाल सरकारल मन्त्रालय निर्देशन दिने गरिएको छ ।’

साथै उक्त कार्ययोजना अनुसन्धान र अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले समुन्वय गर्न र नियमित प्रतिवेदनहरु समितिलाई पठाउँन समेत निर्देशन गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?