राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिहरूको बैठक आज बस्दै छन् ।

प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद अवरुद्ध गरिरहेका बेला राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।

दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने १२ बजेका लागि बोलाइएको छ । बैठकमा मधेश प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यक्रमका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभाको बैठक भोलि बुधबार १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?