मुगुमा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

लोकपथ
70
Shares

मुगु । मुगुको सोरु गाउँपालिका–७ मा सोमबार राती भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्वरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको निधन भएको हो ।

त्यस्तै, स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा दुई जनाको निधन भएको छ भने एक जनाको थप उपचारका लागि सदरमुकाम लैजाने क्रममा बाटोमा निधन भएको प्रहरीले जनाएको छ । मृतक मध्य लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्य भएको प्रहरीले जनाएको छ । निधन हुनेमा पिउस परियार, प्रकाश बोहोरा र राम परियार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?