काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले संसदको अवरोध एमालेले नभई सरकारले गर्न खोजेको जिकिर गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार प्रतिपक्षीको मागमा अनुदार देखिएको आरोप पनि लगाए ।
उनले भने ‘ सरकारले यो संसद अवरोध गर्न चाहन्छ । संसदको भुमिकालाई निश्तेज पार्न चाहन्छ । त्यसकारण प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज र अन्देखा गर्ने ,माग पूरा गर्दिन भनेर अनुचित अडान र जर्वजस्तीमा उभिएको छ । ’
सचेतक वर्तौलाले नेकपा एमालेले संसद अवरोध नगरको दावी गरे । उनले एमालेले उठाउको विषय जनताको हितमा भएको जिकिर समेत गरे ।
उनले सरकारले एमाले विरुद्ध् नकारात्मक हौवा चलाएको र जनतामा भ्रम छर्ने कार्य गरेको समेत दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया