चन्द्रयान-३ : गन्तव्य नजिक चन्द्रयान मिसन, चन्द्रमाको चौथो कक्षमा प्रवेश

लोकपथ
143
Shares

काठमाडौं । चन्द्रयान-३ मिसन गन्तव्यको नजिक पुगेको छ । इसरोले दिएको जानकारी अनुसार चन्द्रयान-३ ले चन्द्रमाको कक्षाको अर्को गोलाकार चरण सफलतापूर्वक पूरा गरेको छ र अब चन्द्रमाको नजिकको कक्षामा पुगेको छ।

भारतीय मिडिया अमर उज्यालाका अनुसार चन्द्रयान–३ अब चन्द्रमाको चौथो कक्षामा प्रवेश गरेको छ । गत अगस्ट ५ मा चन्द्रयान–३ पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो र त्यसपछि तीन पटक आफ्नो कक्षा परिवर्तन गर्दै चन्द्रमाको नजिक पुगेको छ ।

चन्द्रयान–३ ले चन्द्रमाबाट १५० किलोमिटर टाढाको कक्षमा १९०० किलोमिटर प्रति सेकेण्डको गतिमा यात्रा गरिरहेको छ । चन्द्रयानको अर्बिट सर्कुलराइजेशन फेज चलिरहेको छ र चन्द्रयान-३ अण्डाकार कक्षबाट गोलाकार कक्षमा आउन थालेको छ। जसको सहयोगमा चन्द्रयान–३ ले सफलतापूर्वक कक्षा परिवर्तन गरेको छ ।

अगस्ट १७ महत्वपूर्ण मिति

१७ अगस्टको दिन मिसनको लागि महत्त्वपूर्ण हुनेछ किनभने यस दिन चन्द्रयान-३ को प्रोपल्सन मोड्युल ल्यान्डरबाट अलग हुनेछ। यसपछि २३ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुने छ, जसलाई सम्पूर्ण विश्वले हेर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?