काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध सिर्जना गरेको छ ।
सुन काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको मागसहित एमालेले आज पनि संसद अवरोध गरेको हो ।
यसअघिका बैठकमा पनि एमालेले निरन्तर संसद अवरोध गरिरहेको थियो ।
साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनको कामकारबाही अघि बढ्न नदिने एमालेले चेतावनी दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया