काठमाडौं । नक्कली डाक्टर रहेको भन्दै पक्राउ परेका रंजितकुमार यादवको शैक्षिक प्रमाणपत्र सक्कली नै भएको पुष्टि भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी) ले महोत्तरी, पिपरा नगरपालिका वडा नं ८ का डा. यादवलाई गत साउन २६ गते पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपि अनुसन्धान गर्दा उनको शैक्षिक प्रमाणपत्र सक्कली नै रहेको पुष्टि भएको हो ।
ब्यूूरोले २८ गते नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट प्राप्त प्रमाणपत्र माग गरेको थियो । प्राप्त प्रमाणपत्रका आधारमा अनुसन्धान गर्दा भूलवस संलग्न हुन आएको भन्दै ब्यूरोले उनलाई छोडेको जनाएको छ ।
‘पक्राउ परेका डा. रंजित कुमार यादव वास्तविक प्रतिवादी नभएको एकीन नभएको हुन आएको हुँदा निजलाई प्रस्तुुत कसुुरको अनुुसन्धानको लागि हिरासतमा राखी राख्न आवश्यक नदेखिएकाले मिति २०८०÷०४÷२८ गते नै जिम्मा जमानीमा छाडिएको व्यहोरा जानकारीको लागि सूचित गराउँदछु।’ जारी विज्ञप्तिमा भनिएको छ ।
ब्यूूरोले चलाएको अप्रेशन अन्तर्गत काम गरिरहेका कतिपय चिकित्सकहरुको प्रमाणपत्र नक्कली भएको भन्दै केही डाक्टरहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
सो क्रममा नेपाली कांग्रेसका सांसद समेत रहेका डा. शुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । तर अदालतको आदेश अनुसार उनलाई थुनाबाहिरै राखेर अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया