वीरगञ्जमा चार महिनामा १२ सय घरमा धारा जडान

लोकपथ
77
Shares

काठमाडौं । वीरगञ्जमा पछिल्लो चार महिनामा १ हजार २ सय घरमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिएको छ । गत वैशाख यता वीरगञ्ज महानगर क्षेत्रमा चापाकलहरु सुकेर खानेपानीको समस्या भएपछि संस्थानको धारा जडान गर्ने सेवाग्राहीको संख्या बढ्दै गएको छ ।

पछिल्लो चार महिना यता विभिन्न वडामा गरि १ हजार २ सय घरधुरीले खानेपानी संस्थानको धारा जडान गराएको वीरगञ्जस्थित खानेपानी संस्थानका इन्द्रराज पाण्डेले बताए ।

वीरगञ्ज  महानगरमा गत वैशाखमा ४१, जेष्ठमा १ सय ५७, असारमा २ सय २ र साउन २४ गतेसम्म १ हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए । यस्तै महानगरपालिकाको कार्यालयले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा १ सय ५० स्थाानमा सामुदायिक धारा जडान गरिएको पनि उनले बताए ।

लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको अहिले दैनिक ५०-६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम छ ।

“पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानी संस्थानको धारा जडानका लागि लिन स्थानीयले खासै रुचि देखाउदैनथे , तर अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि संस्थानको धारा जडानका लागि आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ ।”

संस्थानले दैनिक ६०देखि ६५ लाख लिटरसम्म खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको संस्थानसँग १० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?