काठमाडौं । नेकपा एमालेले भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने भएको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।
जसअनुसार भदौ १६ गतेबाट अधिवेशन शुुरु हुन लागेको हो । भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ । त्यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन हुनेछ ।
त्यस्तै असोज १० र ११ गते कर्णाली प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया