काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् ।
चीनको कुनमिङ्गमा आयोजना हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार दिउँसो चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी सोमबार दिउँसो ४ः२५ बजे त्यसतर्फ लाग्ने छन् । उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया