झपट रावलको कांग्रेसलाई झापड,‘लुट्न सके लुट कान्छा’ गीत गाए एक महिनाको पारिश्रमिक दिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलले कांग्रेस सांसदलाई  ‘लुट्न सके लुट कान्छा’ गीत गाए एक महिनाको पारिश्रमिक दिने बताए । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई सो गीत गाए वापत एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए । सो घोषणाप्रति नेकपा सांसद रावलले असन्तुष्ति जनाएका हुन् । 

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट जनाउँदै सांसद रावलले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’

साथै उनले, ‘सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएका हुन् ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?