काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू पूर्व निर्धारित कार्यक्रम अनुसार युरोप भ्रमणमा गएको भएपनि विभिन्न भ्रामक समाचारहरु प्रकाशन र प्रसारण भएको प्रति उनले खण्डन गरेका छन् ।
उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको बताए । उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ । बालुवाटार प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया