हेर्नुहोस् आजको तरकारी र फलफूलको बजार मूल्य

लोकपथ
52
Shares

काठमाडौं । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा भारी वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(सोमबार)का लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।

सार्वजनिक मूल्य अनुसार  लोकल काँक्रोमा हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँ बढेको छ । हिजो न्यूनतम ४० रुपैयाँ रहेको काँक्रो आज ९० रुपैयाँ पुगेको छ । गोडभेँडा,स्थानीय काउली र लौकामा प्रतिकेजी ३० रुपैयाँ मूल्य बढेको छ । यस्तै,भन्टा र परवलमा २० रुपैयाँ तथा मकै बोडि ,भटमासकोशामा प्रतिकेजी  १० रुपैयाँ वृद्धि भएको छ ।

बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ३० रुपैयाँले बढेको छ । आइतबार प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको गोडभेँडा आज १६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण भएको छ । छ । लोकल सानो गोलभेँडाको मूल्य १० रुपैयाँले बढेर आज ७० रुपैयाँ पुगेको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर आज ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि २ रुपैयाँले नै मूल्य बढेर प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी ८० रुपैयाँ न्युनतम मूल्य पुगेको छ ।

त्यस्तै, कन्य च्याउ र डल्ले च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ । आज च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । डल्ले च्याउ पनि प्रतिकेजी ३०० रुपैयाँ नै कायम छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ६०, लौका ७०, परवल ६०, घिरौला ४०, फर्सी पाकेको ५०, काँक्रो लोकल ९० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य २० रुपैयाँले बढेर आज प्रतिकेजी ३५० पुगेको छ । कागती १३०, अनारमा पनि ५० रुपैयाँ प्रतिकेजी बढेर आज ३५०, तरबुजा हरियो ७०, मौसम १६०,मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?