महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

लोकपथ
195
Shares
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित मंगलम डायगोनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटल क्वीक २० र रिभर साईड प्रालीका सेवाहरुमा अधिकतम १० प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित रिगल हेटौडा रिर्सोटका सेवाहरुमा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित निर्सग हष्पिटल प्रालीका सेवाहरुमा अधिकतम २० प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित बिशुधा मोमोचाका सेवाहरुमा १० प्रतिशत र भरतपुर चितवनमा अवस्थित कविलास रिर्सोट एण्ड फन पार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?