‘सरकारको आयु लामो छैन, एमालेले सामान्य धक्का दिए ढल्छ’ (भिडियोसहित)

लोकपथ
130
Shares

काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको यात्रा लामो नभएको टिप्पणी गरेका छन् ।

लोकपथ टिभीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।

सरकारको कामकारबाहीबारे प्रसंशासहित आलोचना भइरहेको बेला एमालेले त्यसमा सामान्य धक्का दिएमा सरकार ढल्ने समेत बताए ।

‘सरकारको यात्रा लामो छैन । एमालेले सामान्य धक्का दियो भने ढल्छ ।’ बर्तौलाले भने ।

त्यस्तै सुन आउँदै रहेको कुरा १० दिन पहिल्यै प्रधानमन्त्रीलाई थाहा भए पनि प्रधानमन्त्रीले सो बारेमा गृह र अर्थमन्त्रीलाई नभनेको हो या भनेर पनि त्यसमा कुनै पहल नगरेको हो भन्दै प्रश्न गरे ।

भिडियो हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?