नेविसंघको असन्तुष्ट पक्षले नेताहरुलाई बुझायो ज्ञापनपत्र, महामन्त्रीद्वयलाई लगाए यस्तो आरोप

लोकपथ
735
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र यतिबेला विवाद देखिएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७१० जनाको तदर्थ समिति ल्याउँदा विभेद गरेको भन्दै असन्तुष्ट पक्ष आन्दोलनमा छ ।

असन्तुुष्ट पक्षले विधान विपरित कमिटी विस्तार गरेको भन्दै विधान अनुसार नेविसंघ चलाउनुपर्ने मागसहित प्रमुख सचेतक रमेश लेखक र नेता डा. शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएको हो ।

आइतबार नेविसंघका नेता दिपक ओझाको नेतृत्वको टोलीले लेखक र कोइरालालाई ज्ञापन पत्र बुझाएको हो ।

आफूूहरुले विधि र विधान अनुसार संगठन चल्नुपर्ने मागसहित नेताहरुलाई ज्ञापनपत्र बुझाएको ओझाले लोकपथलाई जानकारी दिए । साथै भोलि पार्टी सभापति शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने तर माग सम्बोधन नभए समानान्तर कमिटी बनाउने तयारी रहेको समेत बताए ।

‘हामीले विधि र विधान अनुसार संगठन चलाउनुुपर्ने मागसहित नेताहरुलाई ज्ञापनपत्र बुुझाएका छौँ । भोलि हामी पार्टी सभापतिलाई ज्ञापन पत्र बुुझाउँछौँ, उहाँले हाम्रो मागलाई सम्बोधन गर्नुभएन भने भोलि नै हामी समानान्तर कमिटी घोषणा गर्छौँ ।’ ओझाले भने ।

यता नेविसंघबाटै उदाएर पार्टीको महामन्त्री बनेका गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफूूहरुसँग कुनै संवाद गर्न नचाहेको गुनासो गरे । पार्टीमा सधैँ विधि र विधानको कुरा गर्ने महामन्त्रीहरु पार्टीको भातृ संगठनमा यत्रो विवाद हुँदा पनि कुनै चासो नदेखाएको आरोप लगाए ।

‘नेविसंघबाटै यो स्थानसम्म पुग्नुभएका महामन्त्रीद्वय अहिले पार्टीमा विधानको कुरा गर्नुुहुुन्छ । तर संगठनमा यत्रो विवाद हुुँदा चुुइक्क बोल्नुु हुन्न ।’ उनले भने, ‘गगन दाईले हिजो घरमा बोलाउनुुभयो हामी पुग्दा उहाँ हिडिसक्नुभएको थियो । विश्वलाईले एघार बजे बाल्मिकी क्याम्पस बोलाउनुुभो तर उहाँ त्यहाँ आउनुभएन ।’

संवादको माध्यमबाट विवाद समाधान नभएमा १०१ जनाको समानान्तर कमिटी ल्याउने तयारी गरेको ओझाले बताए ।

ओझाको नेतृत्वमा विद्यार्थी नेताहरु अशोकसिंह विष्ट, विनोद शाही, रुपेश शाह, सुमित बोहरा, किरण नेपाली, दिनेश कार्की लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?