सरकार आफ्ना आलोचकलाई तर्साउन उद्दत रहेको एमाले अध्यक्ष ओलीको आरोप

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वहालवाला सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई समेत जानकारी नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उजुरीको भरमा गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी नरहने बताए । उनले सरकार आफ्नो आलोचना गर्नेहरुलाई तर्साउन उद्दत रहेको आरोप पनि लगाए ।

उनले भने ‘ एउटा जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनु र ईजाजत लिनु पर्दैन् ? कारण खुलाउनु पर्दैन् ? कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी रहँदैनन ? यो सबै बोल्न नदिने मुख बन्द गराउने तर्साउने सांसदलाई त यस्तो गर्न सक्छन भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने । ’

अध्यक्ष ओलीले जो यस्ता क्रियाकलापमा सहभागी छ यसैले नै यो अनेक प्रकारका ह्युमर खडा गरेर सबैलाई भड्काउन खोजेको आरोप पनि लगाए ।

यो विषयमा सबैले गम्भीर हुनुपर्ने धारणा राख्दै अध्यक्ष ओलीले नेपाली जनताले त्यसमा स्पष्ट दृष्टिकाण राख्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?