राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

लोकपथ
169
Shares

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमामा प्रस्ताव आव्हान गरिएको हो ।

साउन ३० गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोलको माध्यमद्धारा प्रस्ताव पेस गर्न सक्ने छन् ।

यसरी बिक्री गरिने कुल कुुल ट्रेजरी बिलहरुमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः बिसं २०८० भदौ २६ गते, बिसं २०८० कात्र्तिक २८ गते र बिसं २०८० फागुन एक गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार भोलि सोमबार बिक्री गरिने सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि अर्थात गत साता पनि राष्ट्र बैकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?