मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय

 पोखरा, ९ कात्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन् दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडी बढाएका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भइरहेका छन् महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ । सबै राजनीतिक दलका जिल्ला समितिले आ–आफ्ना पार्टीका उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन् उम्मेदवारी मनोनयन दर्ता गर्ने समय कात्तिक १६ गते पनि नजिक आइरहेकाले केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदवार यतिबेला टिकट पाउन दौडधुपमा लागेका छन् । उम्मेदवारका आकांक्षी धेरै भएकाले टिकट वितरण गर्न नेतालाई पनि निकै सकस परेको देखिन्छ कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो दोस्रो संविधानसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ र २ बाट नेपाली काँग्रेस तथा क्षेत्र नं ३ र ४ बाट एमाले जितेको थियो । क्षेत्र नं १ बाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं २ बाट काँग्रेसकै शारदा पौडेल, क्षेत्र नं ३ बाट नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र क्षेत्र नं ४ बाट एमालेकै केन्द्रीय सदस्य सीता गिरी ओली विजयी भएका थिए क्षेत्र नं १ मा एमालेबाट पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा परेका छन । माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा पर्नुभएका पूर्वमन्त्री देव गुरुङले बाम गठबन्धनबाट लमजुङमा उम्मेदवारी दिई सकेकाले अधिकारी सम्भवतः सो क्षेत्रकों बाम गठबन्धनका एक्ला उम्मेदवार हुन लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट र पार्टीका केन्द्रीय सदस्य जीवन परियारमध्ये एकजनाले टिकट पाउने निश्चित छ त्यस्तै क्षेत्र नं २ मा बाम गठबन्धनबाट जिल्ला विकास समितिका पूर्वसभापति एवं एमालेका नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता राजकाजी गुरुङमध्येबाट एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका शारदा पौडेल, जिल्ला नेता सोभियतबहादुर अधिकारीमध्ये एकले टिकट पाउने पार्टी स्रोतले जनाएको छ यसरी नै क्षेत्र नं ३ मा बाम गठबन्धनबाट एमालेका नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला, उमा कोइराला, माओवादी केन्द्रका रामजी बरालमध्ये एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सांसद शुक्रराज शर्मामध्ये एकले पाउने बताइएको छ जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन् प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ«े र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?