काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघि नै सरकारबाट बाहिरिएको जनमतलाई सरकारमा भित्र्याउन लागेका हुन् ।
यसअघि नै जनमतलाई सरकारमा ल्याउने सहमति भएको थियो तर प्रधानमन्त्रीको पारिवारिक कारणले त्यो रोकिएको थियो । अहिले सरकारमा माओवादीबाट सामेल दुुई मन्त्रीलाई फिर्ता ल्याइ जनमतलाई सरकारमा भित्र्याउन लागिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अहिले माओवादीबाट सरकारमा सामेल पर्यटनमन्त्री सुन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरिएको हो ।
यता माओवादीबाट हितबहादुर तामाङ र जनमत पार्टीका तर्फबाट अनिता देवी साहलाई मन्त्री बनाउन लागिएको बताइएको छ ।
स्रोतका अनुसार कांग्रेसबाट सरकारमा सहभागि शहरीविकास मन्त्री सीता गुरुङलाई सामान्य प्रशासनमा ल्याउने तिहबहादुुर तामाङलाई शहरी विकासमन्त्री दिने र जनमतकी अनितादेवीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइन लागिएको हो ।
पर्यटनमन्त्री किरातीले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री बाध्यात्मक अवस्थामा रहेका कारण आफू मन्त्रीबाट हट्न तयार रहेको बताइसकेका छन् ।
आजै मन्त्रिपरिषद् विस्तार गरि शपथग्रहण गराउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया