काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को काठमाडौंको अध्यक्षको जिम्मेवारी अंशुुल केसीलाई दिइएको छ ।
नेविसंघका अध्यक्ष दुुजाङ शेर्पाले केसीलाई रिक्त अध्यक्ष पदको जिम्मेवारी दिएका हुन् ।
नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको उनले बताए ।
यसअघि मनोनित गरिएका जिल्ला अध्यक्ष मनिष डंगोल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएसँगै केसीलाई जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया