जनमतकी अनिता देवी साह सरकारमा सहभागि हुँदै

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागि हुने भएको छ ।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सम्भवत आज(आइतबार) नै जनमत पार्टीलाई सरकारमा सहभागि गराउने छन् ।

असार २७ गते नै दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागि गराउने तयारी गरेका थिए ।

तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागि गराउने छन् ।

जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागि एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ । संबैधानिकरुपमा मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढिको बनाउन पाहिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?