नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । 

सोमवार बिहान १०ः१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु भएको हो । 

बैठकमा तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

एकताका लागि नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । 

यस्तौ आवको बैठकमा अध्यक्षद्वय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?