काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबार देखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।
बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ ।
साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् । शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
त्यसैगरी डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणमा लिनुको साथै राहातका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै, तराई मधेसमा समयमा पानी नपर्दा किसानले खेत रोप्न नपाएको भन्दै प्रभावितहरूलाई राहत दिन कांग्रेसले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया