प्रचण्डलाई ओलीको प्रश्न : नभएका लडाकुको नाममा लिएको पैसा कहाँ गयो ?

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादीले सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन् ।

पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे उनको प्रश्न छ ।

क्यान्टोनमेनमा के भयो त ? ३४ हजार भनियो ३ हजार भागे ३१ हजार भनियो ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रक का ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिन ।’ उनले भने  ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै ग¥र्यो । गन्छौ भनेपछि देश भरिबाट मान्छे ओसारियो । २४ हजार मात्र प¥र्यो । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो ? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?

तत्कालिन माओवादी सेना १९ हजार समेत नरहेको उनको भनाई छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?