सांसद शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच नै देखायो : अध्यक्ष ओली

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच देखाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले चिनियाँ नागरिकले पाएको नागरिकता सक्कली कि नक्कली भन्ने प्रश्न पनि गरे ।

उनले भने ‘ म सरकारलाई भन्न चाहन्छु सुनिल शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अगाडि नै यो प्रकृया पूरा गरेर कारवाही किन गरिएन ? ज्यादति गरेर कुनै गृहमन्त्री अप्ठयारो र लाज नमानिकन संसदमा उल्टै के को डाटे भन्छ के हिन्दीमा जस्तै सांसदहरुलाई डाँट्न आउने ? कमसेकम अलिकति लज्जाबोध त  हुनुपर्छ । बोल्नेहरुलाई हतकडी लगाउने ? जाली र नक्कली सर्टिफिकेट भनेको के ? ’

अध्यक्ष ओलीले नेपाली नागरिकसँग विवाह गरेको चिनियाँ नागरिकसँगको चर्चा सुनेको उल्लेख गर्दै ति चिनियाँ नागरिकले पाएको भनिएको नेपाली नागरिकता सक्कली कि नक्कली भएको भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?