देखाउनका लागि मात्र नभइ राम्रोका लागि काम गर्नुपर्छ : अर्थमन्त्री महत

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीको लागि मात्र काम गर्न नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउनको लागि मात्र नभई राम्रोको लागि गर्नु पर्ने पनि प्रष्ट पारे ।

उनले भने ‘ हामी स्याले नहोऔं । कसैले सुनियोजित तरिकाले प्रचार ग¥यो भने त्यो मेन स्ट्रिम बन्दलिन्छ । त्यही नै हो होमा हामी लाग्छौं । त्यसरी हामी ओपिनेन नबनौं । हेरौं सत्य के हो ? त्यसरी जान जरुरी छ । सो अपको लागि मात्र काम नगरौं । ’

मन्त्री महतले विदेश पलायन भन्दा पनि नेपाल मै केही गर्नु पर्ने र यहाँको सम्भावना प्रचुर रहेको पनि बताए ।
युवाहरुलाई सरकारले सहयोग गर्ने र सबै आफ्नो सपना नेपालमै बसेर पूरा गर्न सक्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?