ऋषिमुनि, साधक र तपस्वीले दिएको ज्ञानको अनुशरण गरे नेपाल थप सुसंस्कृति बन्छ : उपराष्ट्रपति यादव

लोकपथ
35
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ऋषिमुनि, साधक र तपस्वीको तपोभूमि रहेको नेपाली समाजले उनीहरुले दिएर ज्ञानको अनुशरण गरे थप सुसंस्कृत हुने बताएका छन् ।

उनले ऋषिमुनि, साधक एवं तपस्वीबाट प्राप्त ज्ञान,शिक्षा र उपदेशलाई गौरवको रुपमा लिएर वर्तमान परिपे्रक्ष्यमा व्यवहारिक जीवनको रुपमा अनुशरण गर्न सके शान्तिप्रिय नेपाल थप सुसंस्कृत र उन्नत समाज बन्न सक्ने धारणा राखे ।

शनिबार काठमाडौंमा आयोजित सकारात्मक परिवर्तनको वर्ष २०८० को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल पशुपतिनाथ,शान्तिदूत गौतम बुद्ध,राजा जनक र सीताको जन्मभूमिसंगै ऋषिमुनि र तपस्विको तपोभूमि रहेको स्मरण गरे ।

उनले नेपाल उनीहरुको नामले परापूर्वकालबाटै चिनिदै आएकोमा गौरव गर्दै ऋषि,तपस्वी र साधकले दिएको ज्ञान,शिक्षा र उपदेशलाई वर्तमान परिवेश अनुसार व्यवहारिक जीवनमा अनुशरण गर्न सके शान्तिप्रिय नेपाल थप सुसंस्कृत बन्न सक्ने उल्लेख गरे ।

‘विभिन्न ऋषिमुनि,तपस्वी र साधकहरुको भूमि पनि नपाल रहेकोमा गौरवान्वित हुँदै उहाँहरुबाट प्राप्त ज्ञान,गुण,शिक्षा र उपदेशहरुलाई वर्तमान परिवेशमा व्यवहारिक जीवनमा अनुशरण गर्न सके शान्तिप्रिय हाम्रो मूलुक थप सभ्य, सुसंस्कृत उन्नत समाज बन्न सक्छ,’ यादवले भने ।

उपराष्ट्रपति यादवले ध्यान र अभ्यासबाट हुने आन्तरिक चित्त वृद्धिसँगै मन,वचन र कर्मले सकारात्मक परिवर्तन ल्याउने विषय निर्विवाद भएको बताए । उनले त्यो कायम रहने भन्दै सबैमा सकारात्मक परिवर्तनको लागि कामना पनि गरे ।

उनले भने,‘उक्त समारोहबाट उत्पन्न हुने सकारात्मक परकम्पनले अध्यात्मिक जागृतिका साथै समाजको हरेक क्षेत्र,तह र तप्कामा रहेका युवा,बाल,वृद्ध,महिला,पुरुष सम्पूर्णमा सकारात्मक रुपान्तरणको प्रकृया आरम्भ र विस्तार गर्नमा कोशेढुंगा सावित हुन सकोस भन्ने कामना गर्दछु ।’

साथै उपराष्ट्रपति यादवले नेपाली समाजमात्र नभएर विश्व नै राजयोग अभ्यासप्रति आकर्षित हुनु आफैंमा सकारात्मक पक्ष रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?