घट्यो पाउण्डको विनिमय दर,अरुको कस्तो छ ?

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ ।

हिजोको तुलनामा आज पाउण्डको क्रयविक्रयदर घटेको छ । शुक्रबार पाउण्ड १६८ रुपैयाँ ७६ पैसा र विक्रीदर १६९ रुपैयाँ ३३ पैसा विनिमयदर तोकिएको थियो ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?