फलफूल तथा तरकारीको मूल्यमा सामान्य घट्बढ

लोकपथ
104
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

आज घिउ सिमी,लोकल काँक्रो, भटमासकोशामा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ । यता परवलमा प्रतिकेजी ५ रुपैयाँ र डल्ले च्याउमा २० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ६०, मुला रातो ४०, भन्टा लाम्चो ३५, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परवल ४५, घिरौला २०, फर्सी पाकेको ५०,कन्ने च्याउ १६०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० रुपैयाँ हुँदा हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ । हिजोको तुलनामा फलफूलमा आँपको मूल्य २० रुपैयाँ र मौसम प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?