कपनमा चल्यो बालेनको डोजर

लोकपथ
847
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।

यसअघि बुढानिलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?