काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुषालले कृषि क्षेत्रमा प्रष्ट नीति नभएको कारण समस्या देखिएको बताएका छन् ।
जनकपुर विमानस्थलमा संचारकमीसँग कुराकानी गर्दै मन्त्री भुषालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले समस्या परेको अवस्थामा भारी वर्षाको कारण आएको बाढीले क्षति पुर्याएको बताए ।
उनले यसको लागि सरकारले कस्तो खालको सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल भइरहेको बताए ।
मन्त्री भुषालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि दुबै मन्त्रालयबीचमा छलफल गरेर सिचाईको समस्या समाधान गर्नुपर्ने पनि बताए ।
भुषालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्यमा समस्या आएको बताउँदै खाद्य संकटबाट बच्नको लागि सरकार सचेत रहेको बताए । उनले ललिता प्रकरणमा आफ्नो पार्टीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमति पछि गठबन्धनमा समस्या आउने विषयमा कुनैपनि सत्यता नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया