सुनिल शर्माको बचाउमा गुरुराज घिमिरे, ‘बिनाशर्त रिहाइ गरियोस्’

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्माको बचाउमा लागेका छन् ।

नेता घिमिरेले बिहीबार कैन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ गरेको विषयमा राजनीतिक प्रतिशोध साधिएको बताए ।

सामाजिक सञ्जालमा लेख्दै उनले संसद चलिरहेको अवस्थामा सभामुखलाई जानकारी नै नदिइ पक्राउ गर्नु अप्रजातान्त्रिक रहेको समेत बताए । साथै उनलाई बिना शर्त रिहाइको माग समेत गरेका छन् ।

‘सार्वभौम संसदको सदस्यलाई संसद चलिरहेको समयमा सभामुखलाई जानकारी नैं नदिई पक्राउ गर्नु पूर्ण अप्रजातान्त्रिक कदम हो।बर्षौं अघि छानबिन गरि छाडेको शैक्षिक प्रमाणपत्रको बिषयलाई अहिले नैं पुनरुत्थान गर्दै सुन तस्करीका बिषयमा जनभावनाअनुरुप शशक्त आवाज उठाई जनप्रतिनिधिको दायित्व निर्बाह गरिरहेका मोरंग क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधि सभाका सदस्य डा। सुनिल शर्माको गिरफ्तारी प्रतिशोधपूर्ण छ।गिरफ्तार मा।डा।शर्माको तुरुन्त रिहाइको माग गर्दछु ।’ उनले भनेका छन् ।

शर्मा पक्राउ गरेपछि त्यसबारे कांग्रेसमा दुुई धार देखिएको छ । संस्थापन इतर गगन–शेखर समूहका नेता रहेका शर्मालाई सो पक्षका नेताहरुले बचाउ गरिरहेका छन् भने संस्थापन समूहका नेताहरुले भने कानुनलाई सघाउनुुपर्ने बताइरहेका छन् ।

यसअघि नै सो प्रकरणमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । तर पछिल्लो समय सुुन काण्डमा अर्थमन्त्री र गृहमन्त्रीको समेत संलग्नता रहेको भन्दै उनीहरुको राजीनामा माग गरिरहेका थिए । जसको कारण उनीमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?