काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोधपछि प्रतिनिधि सभा बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले अवरोध गरेको हो ।
यसअघि पनि पटकपटक एमालेले अवरोध गर्दै आइरहेको थियो । तर यता सरकारले भने सुन काण्डको विषय केन्द्रीय अनुसन्धान ब्यूूरोले अनुसन्धान गर्ने भन्दै कुनै पनि समिति नचाहिने बताउँदै आइरहेको छ ।
आजको बैठकमा एमालेले शुरुमै विरोध गर्न थालेपछि सभामुखले नियमित कार्यसूची अनुसार बैठक बसाउन आग्रह गरेका थिए । तर एमालेले अवरोधलाई निरन्तरता दिएसँगै अर्को बैठक आगामी साउन २९ गते दिउँसो १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया