१७ मङ्सिर २०७९, शनिवार

डेंगुविरुद्ध नौ दिने अभियान

२०७४,कार्तिक,९,बिहीवार ०४:१९

0
Shares

 बनियानी, झापा, ९ कात्तिक झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिए नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ । जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ कार्यालयले टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव दिएको छ भने नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०४:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८