२ सय रुपैयाँले घट्यो सुनको मुल्य

लोकपथ
663
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवुायी महासंघका अनुसार तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्सस्तै,चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?