सरकारले राम्रो काम गरिरहेको वेला सदन अवरुद्ध नगरु : सांसद बेलवासे

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगा कुमारी वेलबासेले देशमा कालोबजारी मौलाएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भईरहेको बताएकी छन् ।

उनले भनिन‘ चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भईरहेको छ । महंगी बढिरहेको छ । ती मंहगीलाई नियन्त्रण गर्नको लागि र बजारलाई अनुगमन गर्नको लागि सरकारले तदारुकता देखाएकै छ भन्ने छ तर प्रभावकारिता देखिएको छैन् । ’

सांसद बेलवासेले यसरी निरन्तर सदन अवरुद्ध गर्ने कुरामा प्रतिपक्षले आफुलाई सच्याउन आवश्यक भएको बताएकी छन् । सदन प्रति आफुलाई उत्तरदायी बनाउने र जनताको आवाज उठाउन,सुन्न र सरकारले राम्रो काम गरिरहेको बेला त्यसको विरोध गर्न नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?