सदन नचलेकोप्रति राष्ट्रपतिको चासो : संघीय संसदका प्रमुखसँग छलफल

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा चल्न नसकेको विषयमा चासो राखेका छन् । शुक्रबार संघीय संसदका प्रमुखलाई बोलाएर उनले संसदको जारी अवरोध र खुलाउन भइरहेको प्रयासबारे जिज्ञासा राखेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टासम्म संसदको अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सभाभुखका प्रेस सयोजक शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २६ साउन, २०८० मा भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सम्माननीयज्यूहरुबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो । भेटमा सम्माननीय सभामुख र सम्माननीय राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।’ भनिएको छ।

सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसंग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?