आजको फलफूल तथा तरकारीको मूल्य 

लोकपथ
65
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज, काउलीको भाउ हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेर ५० रुपैयाँ तोकिएको छ । लोकल घिउसिमी ५० र तितो करेला ४० रुपैयाँ प्रतिकेजी विक्रि भएको छ । हरियो फर्सी ७०, रातो मूला ४०, मकै बोडी ७०, फर्सी पाकेको ५० रुपैयाँ प्रतिकेजीमा विक्रि भईरहको छ ।

नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा २० रुपैयाँले घटेको छ । गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँमा बिक्रि भइरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर नै रहेर ६० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय ५४ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ४०, भन्टा लाम्चो ३५, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परवल ४०, घिरौला ३०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २००, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?