सीआईबीद्वारा संसद सचिवालयलाई सांसद शर्मालाई पक्राउ गरेको जानकारी

लोकपथ
217
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद सुनील शर्मालाई पक्राउ गरेको जानकारी संसद सचिवालयलाई गराएकाे छ ।

सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको पत्र बोकेर संसद सचिवालय पुगेका हुन् । सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराउन लागेको हो।

शैक्षिक प्रमाणपत्र छानबिनका लागि सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?