काठमाडौं । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपालको परराष्ट्र नीतिबारे छलफल भएको छ । सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपायलगायतका सम्बन्धमा छलफल भएको हो ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रा.डा. खड्ग केसीले परराष्ट्र नीतिमा सबैलाई स्विकार्य नीति छैन् भने नयाँ परराष्ट्र नीतिको छलफल सुरु गर्नुपर्ने बताएका छन् ।
उनले सबैको सहमतिमा धेरै ठूलो होईन सानो नीति आएपनि पुग्ने बताए । उनले भने, पहिलाको सरकारले बनाएको परराष्ट्र नीति अहिलेको सरकारले मान्दैनौ भन्ने कि नयाँ ल्याउँने हो । परराष्ट्र नीति बनाई रहने विषयत होईन्, तर त्यो नीतिमा सबैलाई स्विकार्य नीति छैन् भने नयाँ परराष्ट्र नीतिको छलफल सुरु गरेर बनाई हालौं । लामो २०, ३० पेजको चाहिदैँन्, सानो परराष्ट्र नीति बनाए हुन्छ ।
यस्तै, उनले जनताको जीवनभन्दा नेताहरुको जीवन रुपान्तरण भएको हुदाँ नेताहरुप्रति नकारात्मक भाव बढेको भन्दै यसलाई हटाउनको लागि नेताहरु पारदर्शी र उत्तरदायी हुनुपर्ने बताए ।
उनले भने, राजनीतिमा आन्दोलन गर्ने र समृद्धि हासिल गर्ने एउटै नेतृत्वले गर्न सक्दैँन् । रुपान्तरणकारी संस्था परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन आउँनुभन्दा नेताहरुको जीवनमा बढि सुधार भएपछि नेताहरु प्रति नकारात्मक भाव बढेको हो । त्यसलाई हटाउनको लागि उहाँहरु पारदर्शि हुनुपर्छ, उत्तरदायी हुनुपर्छ । उनले विकसित मुलुकमा चुनाव चिन्ह नहुने भन्दै चुनाव चिन्हमा विवाद गर्दै देश नबन्ने बताए ।
उक्त, बैठकमा सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावलले सो विषयमा सरकारसँग छलफल गरेर सरकारलाई जवाफदेही बनाउँने प्रयास भइरहेको बताइन् ।
उनले भनिन्, ‘यस विषयमा विभिन्न व्यक्तिहरुसँग छलफलमा लागिरहेका छौ । यो विषयमा परराष्ट्र मन्त्रालयसँग छलफल गरेर समितिले पहिचान गरेका आवश्यकताका कुराहरुलाई सरकारसँग छलफल गरेर सरकारलाई जवाफदेही बनाउँने हिसाबले सुझाव दिने हिसाबमा लागि रहेका छौ ।’
विज्ञहरुको आफ्नो विचारहरुलाई मुलुकको लागि साझा विचार बनाएर काम गर्ने भन्ने हिसाबमा खुल्ला बहस भइरहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया