शिक्षा विधेयकविरुद्ध विद्यालय संचालकको विरोध प्रर्दशन

लोकपथ
91
Shares

काठमाडौं । शिक्षा विधेयकको विरोधमा विद्यालय संचालकहरुले विरोध प्रर्दशन गरेका छन् । बिहीबार काठमाडौंको माईतीघरमा प्याब्सन, हिसान र नेसनल प्याब्सनआवद्ध विद्यालय संचालकहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्याब्सन अध्यक्ष डि.के ढुंगानाले, कानून बनाउँने बेला शिक्षामन्त्रालयले सरोकारवालासँग छलफल नगरी निर्माण गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । उनले राज्य आफैँले सरकारी र निजी विद्यालयलाई विभेद गरिरहेको भन्दै शिक्षक, कर्मचारी, पूर्वाधारको भविष्य र सुरक्षाको ग्यारेन्टी लिनु पर्ने टिप्पणी गरे ।

उनले भने, ‘कानून बनाउँदा शिक्षा मन्त्रालयले किन छलफल गरेन ? सरकारले हाम्रा कुरा सुन्दियोस् । हामीले छात्रवृत्तिमा पढाएका विद्यार्थीले अनुदान पनि पाएनन् । राज्य आफैँले सरकारी र निजी विद्यालयलाई बिभेद गरिरहेको छ । लगानिको सुरक्षाको प्रत्याभूति गर । हाम्रा शिक्षक, कर्मचारी, पूर्वाधारको भविष्य र सुरक्षाको ग्यारेन्टी लेऊ । सामुदायिक विद्यालयलाई राम्रो बनाऔं निजीको आफैँ घट्छ ।’

आन्दोलनमा सहभागीहरुले माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरी सडकमा उत्रिने चेतावनी दिए ।आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गरेको सञ्चालकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?