काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले समावेशी तथा पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरेका छन् ।
बिहीबार लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले केन्द्रीय कमिटीले, च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालले विभिन्न भाषा, धर्म, जाती र समुदायको हितमा व्यवहारमै देखिने गरी काम गरेको र त्यसको कसैसँग तुलना हुन नसक्ने दाबी गरे ।
उनले भने ‘ढुक्क सँग,छाती फुकाएर,शिर ठाडो पारेर हामीले भने हुन्छ समावेशिताको पहिचानको यी सम्पूर्ण आन्दोलन अभियानको नेतृत्व एमालेले गर्छ, गरेको छ । यसमा कुनै पनि तुलाना हुन सक्दैन्,’ ।
भिन्न भिन्न जाती,भाषा,धर्म,समुदायका जनताको हितमा एमालेले दृढतापूर्वक उभिएको भन्दै उनले पहिचान र समावेशीताको पक्षमा सर्तबन्दी नगर्ने तर्क गरे ।
उनले भने ‘नेकपा एमाले सर्तबन्दी गर्दैैन,यो देशका विविध भाषा,धर्म,जाती समुदायका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट काम कारवाहीबाट यो कुरा स्थापति गरेको छ ।’
त्यस्तै उनले नेकपा एमालेकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्म निरपेक्षता र समावेशीता सहितको संविधान निर्माण गरिएको र पार्टीले पनि सबैलाई एकताबद्ध बनाएर लगेको जिकिर गरे ।
‘धर्म निरपेक्षता कस्को नेतृत्वमा घोषणा भयो, आयोगको महासन्धी अघि चर्चा चल्दै थियो कस्को नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन ग¥यो, आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कस्को भूमिका छ ? हाम्रो नेतृत्व पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता सहितको समाजवाद उन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र । त्यसलाई कार्यान्वयन गर्नका लागि हामी लाग्यौ ।’ उनले भने ।
आदिवासी जनजातिको मुद्दामा एमालेले जति काम कसैले नगरेको उनको दाबी छ ।
‘किँरातहरुको महागुरु फाल्गुनन्दलाई हाम्रो नेतृत्व, पहल र प्रयासमा महागुरु फाल्गुनन्द हाम्रो राष्ट्रिय विभुति बनायौं । यति भैसकेपछाडि यो देशलाई सबै जाती, भाषा, धर्म,समुदायका जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने कुरामा नेकपा एमाले न भूत हो न भविष्यत छ,न कहिल्यै कसैले आउने दिनहरुमा कसैले गर्न सक्छन् । किनभने धेरै महत्वपूर्ण काम हामीले गरिसकेका छौं । ’
उनले समावेशीता र पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व एमालेले गर्दै आएको र पछि पनि गर्नेमा कसैसँग तुलना हुन नसक्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया