बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
280
Shares

काठमाडौं । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?