स्थानीय तहमा कर्मचारी खटाउन सचिव नै बाधक

काठमाडौँ, ९ कात्तिक- स्थानीय तहमा अधिकतम संख्यामा कर्मचारी खटाउने सरकारको नीतिलाई समान्य प्रशासन मन्त्रालयका सचिवले असहयोग गरेका छन् । स्थानीय विकास मन्त्रालयले माग गरे अनुसार मन्त्रालयले स्थानीय तहमा काज सरुवा गरेका कर्मचारीहरुको सरुवा रद्ध गरेर मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिमा असहयोग गरेका हुन् । सचिव सापकोटाले पछिल्लो २ हप्तामा मात्र स्थानीय विकास मन्त्रालयमा काज सरुवा गरि खटाएका ४५ जना उपसचिवको सरुवा रद्ध गरेका छन् । सचिव सापकोटाले सरुवा गरिएका कर्मचारीको सरुवा रद्ध गरेसँगै स्थानीय तहमा कर्मचारी खटाउने सरकारको प्रयास अवरुद्ध बनेको स्थानीय विकास मन्त्रालयले आरोप लगाएको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?