७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
441
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर को १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार सुनको मूल्य १०० रुपैयाँले घटेको थियो ।

त्यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेसँगै १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?